२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६.९१ प्रतिशत घटेको छ ।
गत आर्थिक बर्षको चैत मसान्तसम्ममा ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक बर्षमा २६.९१ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैेयाँमा सिमित भएको हो ।
यता, चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७.१५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ अर्ब २८ करोड रुपैयाँमा सिमित भएको हो ।
चालू आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७४ पैसा वार्षिक रहेकोमा चालू आवमा घटेर १२ रुपैयाँ ९७ पैसा कायम भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ९ करोड १६ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा २ अर्ब ६७ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड १६ लाख रुपैयाँ सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १७८.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.९७ गुणा (वार्षिक) रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij