२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । कृषि विकास बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९७.२२ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
यता, सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८४.४७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५.३१ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको हो ।
त्यस्तै कम्पनीको निष्किृय कर्जा पनि घटेको छ । गत आवमा निष्क्रिय कर्जा ४ दशमलव २० प्रतिशत रहेकोमा चालू आवमा घटेर ३ दशमलव ३० प्रतिशत पुगेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij