२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।
होलीको चीर ठड्याइँएसँगै आज आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।
यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij