२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा सानिमा बैंकले झण्डै डेढ अर्ब नाफा आर्जन गरेको छ ।
बैंकले प्रकाशित वित्तीय विवरण अनुसार सानिमा बैंकले नौ महिनाको अवधीमा एक अर्ब ४३ करोड मुनाफा आर्जन गर्न सफल भएको हो ।
वित्तिय विवरण अनुसार बैंकको मुनाफामा सामान्य गिरावट आएको देखिएको छ । गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको नौ महिने समीक्षा अवधीमा एक अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यता, १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजि भएको सानिमा बैंकले समीक्षा अवधीमा १५ अर्ब ब्याज आम्दानी गरी ११ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी चार अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले चार अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको थियो । एक खर्ब ८६ अर्ब सर्वसाधारणको निक्षेप रहेको सानिमा बैंकबाट एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
बैंकले कोर बैंकिङ कारोबारबाट खुद ७४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी ५६ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी समेत प्रभावित बन्न पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६८५.०९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ ।
सानिमा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड ६८ लाख २२ हजार ७११ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
बैंकको जगेडा कोषमा दुई अर्ब ३० करोड रुपैयाँ संचित रहेको छ । बैंकको खराव कर्जा १.८९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको खराव कर्जा २.२७ प्रतिशत रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij