Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तेस्रो त्रैमाससम्म  एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्म  एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अन्य सूचक कस्तो ? 


  • 2.5K
    Shares

    तेस्रो त्रैमाससम्म  एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले २ अर्ब ६० करोड भन्दा बढी नाफा आर्जन गरेको छ । 

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत सम्ममा बैंकदे २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

    यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको संचालक नाफा बढेर ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

    यता, यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

    समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ, वितरणयोग्य नाफा३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ र खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ ।

    चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०७:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij