२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंक लिमिटेडले १ अर्ब ६१ करोड भन्दा बढी खसद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको हो ।
चैत मसान्तसम्ममा बैंकले१ अर्ब ६१ करोढ ५९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २७.७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिममा कम्पनीको खुद ब्याज आम्दानी १०३.९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यस कम्पनीको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशतले बढेर १० अर्ब ४१ करोड ५ लाख रुपैयाँ र सञ्चालन मुनाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत, इम्पेरमेन्ट चार्ज ४ अर्ब, चुक्तापूँजी २३ अर्ब १८ करोड र जगेडा कोष १७ अर्ब ८४ करोड रुपैयाँ रहेकोछ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij