Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कलङ्कीको सडकपेटीमा एक पुरुषको शव फेला, हत्याको आंशकामा एक युवक पक्राउ

कलङ्कीको सडकपेटीमा एक पुरुषको शव फेला, हत्याको आंशकामा एक युवक पक्राउ


  • 5.6K
    Shares

    कलङ्कीको सडकपेटीमा एक पुरुषको शव फेला, हत्याको आंशकामा एक युवक पक्राउ
    images

    काठमाडौँ । कलङ्की क्षेत्रमा एक पुरुषको हत्या भएको छ । आज बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ । उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका स्विकार गरेको प्रहरीले दावी गरेको छ।

    सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो । चौधरीको टाउकामा चोट लागेको थियो। मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन ।

    महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्तको खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो ।

    चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij