२०८२ भाद्र १६ गते सोमवार
पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ ।
पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई आस्पताल भर्ना गरिएको थियो ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।
उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij