Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद स्वदेश आइपुगे

४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद स्वदेश आइपुगे


  • 6.8K
    Shares

    ४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद स्वदेश आइपुगे
    images

    ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)आइतबार बिहान झापाको काकडभिट्टा नाका हुँदै नेपाल आइपुगेका छन्।

    मुद्दाको सुनवाई बिनै ४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद शनिबार कोलकातास्थित सेन्टर जेलबाट छुटेका थिए ।

    नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याएको हो। झापामा पत्रकार सम्मेलन गरेर दुर्गाप्रसादलाई परिवारको जिम्मा लगाउने तयारी विश्व सेवा विस्तारले गरेको छ।

    इलामको माई नगरपालिका १० घर भएका उनलाई बिना सुनुवाई ४१ वर्षसम्म पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा राखिएको थियो। कोलकाता उच्च अदालतको आदेशमा उनी शनिबार जेलमुक्त भएका हुन्। 

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij