Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग


  • 5.3K
    Shares

    अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग
    images

    ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । 

    समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ ।

    अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो । गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गर्नुभएको थियो ।

    आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिनुभयो ।

    गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए । रासस

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:१९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij