Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आफ्नो परिवार र छिमेकीलाई खुकुरी प्रहार गरे अनि आफु पनि झुण्डिए

आफ्नो परिवार र छिमेकीलाई खुकुरी प्रहार गरे अनि आफु पनि झुण्डिए


  • 6.8K
    Shares

    आफ्नो परिवार र छिमेकीलाई खुकुरी प्रहार गरे अनि आफु पनि झुण्डिए
    images

    इलाम । इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् ।

    पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

    टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए ।

    घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको वडाध्यक्ष तीर्थ गुरुङ्गले जानकारी दिए । श्रीमती कमला राईको अवस्था गम्भीर रहेको पनि अध्यक्ष गुरुङ्गले बताए ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij