Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

४० बर्षपछि जन्मभूमिमा पहिलो पाईला, निन्याउँरो अनुहार तर मन खुसि

४० बर्षपछि जन्मभूमिमा पहिलो पाईला, निन्याउँरो अनुहार तर मन खुसि


  • 5.7K
    Shares

    ४० बर्षपछि जन्मभूमिमा पहिलो पाईला, निन्याउँरो अनुहार तर मन खुसि
    images

    बिना कसुर ४१ वर्ष भारतीय जेलमा बसेका एक नेपाली शनिबार रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा कारागारमा थुनिएका दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको हो । 

    उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ नै आदेश दिएको भए पनि प्रक्रिया पूरा गर्दा ढिलाई भएको हो । नेपालबाट उनका भाइ प्रकाश कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया गत हप्ताको शुक्रबारदेखि शुरु भएको थियो ।

    प्रकाशचन्द्र र कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको बीबीसीले लेखेको छ । पहिले बीबीसीको हिन्दी संस्करणले यो घटना सार्वजनिक गरेपछि प्रक्रिया अगाडि बढेको थियो ।

    उनको मुद्दा भने अझै किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बताएका छन् ।

    उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ–छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेपछि परिवारले सर्त पूरा गरेपछि छुटेका हुन् । 

    दमदम कारागारबाट बाहिर निस्कँदा भने उनलाई फुलमाला लगाइएको थियो । दीपक सन् १९७९ देखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् ।

    त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । त्यहीँबाट प्रहरीले पक्राउ गरेको र उनलाई ज्यानमुद्दा लागेको थियो । 

     

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १०:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij