२०८२ फाल्गुण ३० गते शनिवार
बागमती र प्रदेश २ का विभिन्न ठाउँमा आज दिनभरी बिजुली बत्ती जाने भएको छ।
वाग्मती र प्रदेश २ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना निकालेर यस्तो जानकारी गराएको हो।
जिर्ण संरचना मर्मत गर्नुपर्ने भएकाले बत्ती काट्न लागिएको प्राधिकरणले जनाएको छ। पछिल्लो समय हरेक दिनजसो बत्ती काटेर प्राधिकरणले मर्मतको काम गर्दै आएको छ। दिनभरी बिजुली नहुँदा जनजीवन प्रभावित हुँदै आएको छ।
प्रदेश २ को सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।
त्यसैगरी वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि दिनभरी विजुली जाने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij