Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

सानिमा बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?


  • 2.5K
    Shares

    सानिमा बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

    काठमाडौँ । सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाका लागि ३ देखि ६ महिनाका लागि ५.७५, ६ देखि १२ महिनाका लागि ६.५० प्रतिशत, १२ देखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथि अवधिका लागि ७.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनामा संस्थागत तर्फ ६ महिना र सोभन्दा माथि अवधिका लागि अधिकतम ६.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा संस्थागततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - ०८:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij