Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अन्तर्राष्ट्रिय

चुनावमा पराजित भएपछि दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा

चुनावमा पराजित भएपछि दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा


  • 2.7K
    Shares

    चुनावमा पराजित भएपछि दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा
    images

    दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीको हारपछि राजीनामा दिएका छन् ।

    राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् ।

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रियसभाका तीन सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा चुनाव भएको थियो । यस्तै ४६ समानुपातिक प्रतिनिधित्वका लागि मतदाताले मतदान गरेका थिए ।

    मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टी लगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भागभन्दा बढी सिट जितेको छ ।

    जसलाई राष्ट्रपति यूनको राज्य मामिलाको व्यवस्थापनको मूल्याङ्कन गर्न मध्यावधि जनमत संग्रहको रूपमा रूपमा हेरिएको छ । बुधबर ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको छ ।

    यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी) ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबर भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो ।

    विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

    प्रकाशित मिति :चैत्र २९ २०८० बिहिवार - १२:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij