Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

तौल घटाउने भ्रामक विज्ञापन गर्दै ग्रीन कफी बेच्नेहरु पक्राउ

तौल घटाउने भ्रामक विज्ञापन गर्दै ग्रीन कफी बेच्नेहरु पक्राउ


  • 6.3K
    Shares

    तौल घटाउने भ्रामक विज्ञापन गर्दै ग्रीन कफी बेच्नेहरु पक्राउ

    काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटश रहेका छन् ।

    आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत हुन् । सप्लायर्सका संचालक आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै यसको नियमित सेवन गरे शरीरलाई फाइदा हुने भन्दै भ्रमपूर्ण विज्ञापन गरेका थिए ।

    ग्रीन कफी खाएपछि विना औषधी, व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, सामाजिक सञ्जालको पेजमा राखेर प्रचारप्रसार गरेर भ्रामक सूचना फैलाई बिक्री वितरण गरेर ठगी गर्ने गरेको खुल्न आएको छ ।

    ब्यूरोले आचार्य र कुटशलाई नयाँबजारबाट पक्राउ गरेको हो । आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।

    उक्त सामान समेत ब्यूरोले बरामद गरेको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १६:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij