Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे

यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे


  • 6.2K
    Shares

    यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे
    images

    काठमाडौँ । नेपाल शिक्षा सेवाका २० कर्मचारी राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त पदमा ज्येष्ठता, कार्यक्षमता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि बिहीबार ती कर्मचारीको नाम सिफारिस गरेको हो ।

    समितिले ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनद्वारा हुने बढुवाका लागि भक्त बहादुर गोदार, मदनराज जोशी, महेन्द्र सुवेदी, लक्ष्मण देवकोटा, रामचन्द्र शर्मा, मञ्जु कुमारी अधिकारी, मैया खड्का, कृष्ण प्रसाद श्रेष्ठ, रेशमकुमारी श्रेष्ठ र विजयराज बढुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवाका लागि दिपकराज कलौनी, मित्र प्रसाद गौतम, अर्जुन ढकाल, देवेन्द्र बहादुर मल्ल, हेमकुमार ढकाल, सुभाषचन्द्र आचार्य, शान्ति बहादुर बस्नेत, निलकण्ठ ढकाल, जीवन गड्तौला र वसन्तराज पौडेल रहेका छन् ।

    यसै गरी नेपाल विविध सेवाकी मञ्जु शर्मा र कमला अधिकारीलाई वरिष्ठ समाजशास्त्रीमा बढुवा सिफारिस गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १४:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij