Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे

यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे


  • 6.4K
    Shares

    यी हुन् शिक्षा सेवाका २० कर्मचारी जो उपसचिव बढुवा सिफारिसमा परे

    काठमाडौँ । नेपाल शिक्षा सेवाका २० कर्मचारी राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त पदमा ज्येष्ठता, कार्यक्षमता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि बिहीबार ती कर्मचारीको नाम सिफारिस गरेको हो ।

    समितिले ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनद्वारा हुने बढुवाका लागि भक्त बहादुर गोदार, मदनराज जोशी, महेन्द्र सुवेदी, लक्ष्मण देवकोटा, रामचन्द्र शर्मा, मञ्जु कुमारी अधिकारी, मैया खड्का, कृष्ण प्रसाद श्रेष्ठ, रेशमकुमारी श्रेष्ठ र विजयराज बढुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवाका लागि दिपकराज कलौनी, मित्र प्रसाद गौतम, अर्जुन ढकाल, देवेन्द्र बहादुर मल्ल, हेमकुमार ढकाल, सुभाषचन्द्र आचार्य, शान्ति बहादुर बस्नेत, निलकण्ठ ढकाल, जीवन गड्तौला र वसन्तराज पौडेल रहेका छन् ।

    यसै गरी नेपाल विविध सेवाकी मञ्जु शर्मा र कमला अधिकारीलाई वरिष्ठ समाजशास्त्रीमा बढुवा सिफारिस गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १४:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij