२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रश्नपत्र परिक्षा अगावै बाहिर ल्याएको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई नियन्त्रणमा लिएको छ।
जनकपुर स्थित भैरवचोकको एक फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको मिश्रले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात् सबैको नाम सार्वजनिक गरिने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij