२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । रकम लुट्न एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको गोरखपुर घर भइ काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम छन् ।
शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा देखे पछि ड्युटीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij