Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका

नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका


  • 7.1K
    Shares

    नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका
    images

    सुर्खेत । सरकारी परिचयपत्र बनाएर ठगी गर्ने जाजरकोटका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बनाएर ठगी गरेको आरोपमा जाजरकोट छेडागाढ नगरपालिकाका  २७ वर्षीय दिपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।  

    नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा उनले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।  प्रहरीले उनको साथबाट परिचयपत्रका साथै सरकारी पोशाक समेत बरामद गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीका दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

    जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १३:१८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij