Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका

नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका


  • 7.2K
    Shares

    नक्कली सिडिओलाई प्रहरीले यसरी खोरमा जाक्यो, नामुद ठगको यस्तो रैछ ठग्ने तरिका

    सुर्खेत । सरकारी परिचयपत्र बनाएर ठगी गर्ने जाजरकोटका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बनाएर ठगी गरेको आरोपमा जाजरकोट छेडागाढ नगरपालिकाका  २७ वर्षीय दिपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।  

    नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा उनले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।  प्रहरीले उनको साथबाट परिचयपत्रका साथै सरकारी पोशाक समेत बरामद गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीका दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

    जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १३:१८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij