Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

१५ दिनका लागि सवारी आवागमन बन्द

१५ दिनका लागि सवारी आवागमन बन्द


  • 4.9K
    Shares

    १५ दिनका लागि सवारी आवागमन बन्द
    images

    सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।

    अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो ।

    पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

    पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिनुभयो ।

    उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ ।

    सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक–गहतेपोखरा–लाम्पाटा–ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ । उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।  रासस

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - ११:२५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij