Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

घरमा आगलागी हुँदा लाखौँको क्षति

घरमा आगलागी हुँदा लाखौँको क्षति


  • 5.6K
    Shares

    घरमा आगलागी हुँदा लाखौँको क्षति
    images

    महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो ।

    पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु चार लाखको क्षति भएको हो ।

    रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - ११:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij