Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज काठमाडौं यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने

आज काठमाडौं यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने


  • 5.4K
    Shares

    आज काठमाडौं यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने
    images

    काठमाडौं । काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज विजुली आपूर्ति बन्द हुने भएको छ ।

    महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

    यस्तै आज प्रदेश–२ को जनकपुरमा रहेको राजविराज वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाइन काटिँदै छ । यो वितरण केन्द्रअन्तर्गतका फिडरमा ३३ केभी क्षमताको लाइनको काम गर्न लागिएको हो ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १०:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij