Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आगलागीमा परेर एकको ज्यान गयो, सैनिक मुख्यालयमा लागेको आगो नियन्त्रणमा आयो 

आगलागीमा परेर एकको ज्यान गयो, सैनिक मुख्यालयमा लागेको आगो नियन्त्रणमा आयो 


  • 6.8K
    Shares

    आगलागीमा परेर एकको ज्यान गयो, सैनिक मुख्यालयमा लागेको आगो नियन्त्रणमा आयो 

    ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    गर्मी बढेसँगै अब आगलागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको  मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ ।

    यता, भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

    आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा आज दिउँसो भएको आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको हो ।

    बिद्युत सर्ट भएर लागेको आगलागी नियन्त्रणमा आइसकेको र आगलागीबाट कुनै पनि क्षती नभएको नेपाली सेनाका प्रवक्ता समेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १६:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij