Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम


  • 2.5K
    Shares

    ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम
    images

    काठमाडौँ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक २०२४) को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्ने भएको हो । 

    ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - ०८:१४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij