२०८२ भाद्र १६ गते सोमवार
साहित्यकार केशव पुडासैनी ‘विमल‘ नेपाली साहित्यको क्षेत्रमा प्रकाशित पुस्तकाकार कृतिहरु लिएर देखा परेको धेरै भएको हैन । वि.सं. २०६७ सालमा उनको प्रथम पुस्तकाकार कृति ‘‘वर्गयुद्धका उत्ताल छालहरु” नामक कविता सङ्ग्रह प्रकाशित भएको थियो । त्यसैगरी २०७० सालमा उनको ‘‘अग्निपथ” नामक उपन्यास प्रकाशित भएको देखिन्छ भने अहिले आएर उनको ‘‘भत्केको घर” नामक कथा सङ्ग्रह (२०७१) हुन पुगेको छ । सफलतको शिखर चुम्दै नेपाली साहित्य भण्डारलाई यति छिटोछिटो पुस्तकाकार कृतिहरु दिनु लरतरो कुरा होइन । यस कार्यबाट उनको सहज प्रतिभाको परिचय पनि पाइन्छ । नेपाली साहित्यकारहरुका लागि यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छर ! लगभग चार वर्षको अन्तरालमा बेग्लाबेग्लै विधाका साहित्यक कृतिहरु दिनु भनेको उनको बहुमुखी प्रतिभाको परिचय दिनु पनि हो भन्ने मलाई लाग्दछ । अब यसै सिलसिलामा उनको ‘भत्केको घर” नामक कथा सङ्ग्रहको सन्दर्भमा सामान्य रुपले विचार विमर्श गर्ने तर्फ लागौँ ।
आदि र अनादि कालदेखि नेपाली समाजमा चल्दै आएको जालीझेली एवं शोषक र सामन्तीहरुको जगजगी अभैmसम्म पनि समाप्त हुन सकेको छैन । दमाईं कामीजस्ता दलित र पीडित जातजातिले त झन् अन्याय र अत्याचार सहेर बाँच्नु परेको छ । यस्तै अन्याय र अत्याचारको कथा हो ‘‘भत्केको घर” कथा सङ्ग्रहमा रहेको ‘हर्के बुढा” नामक कथा । १६ वर्षे जवानीले लबालब भरिएकी थिई हर्के बुढाकाी नातिनी सुन्तली । ऊ काली वनमा घाँस काट्न गएको समय पारेर यौन पिपासु दौलत सिंहले सुन्तलीलाई बलात्कार गर्छ । सुन्तलीले अनेकन उपाय गर्दा पनि दौलत सिंहको पञ्जाबाट उम्केर आप्mनो कुमारित्व जोगाउन सक्तिन ।
नातिनी सुन्तलीको आर्तनादले मर्माहत भएका हर्केबुढाको मनमा दौलत सिंहलाई घनले हानेर मार्ने विचार पनि नउठेको होइन । शोषकहरुका सामु कसको के लाग्छ र ! भन्ने ठानेर होला सहेर बस्न ऊ विवश भयो । अन्योलको भुमरीमा परेर आँखाबाट सहस्र आँसु झार्दै हर्केबुढाले रात बितायो । यता दिनप्रतिदिन, सुन्तलीको पेट गह्रुगो हुँदै गयो । उसका मनभित्र अनेक तर्कनाहरु चल्न थाले । कतैबाट पनि कुनै उपाय नलाग्ने भएपछि सुन्तलीले झुण्डिएर आत्महत्या गरी । त्यसको केही दिन पश्चात बेलुका अबेरसम्म पनि नातिनी सुन्तली घरमा नफर्किँदा हर्केबुढालाई चिन्ताले सतायो । भोलिखेर गाउँभरि हाहाकार भयो । गाउँका सबैजना लास भएतिर गएर विभिन्न अडकलबाजी गर्न थाले ।
अन्तरे कामीले यो त हर्केबुढाकी नातिनी जस्तो पो छ ! भन्यो । पञ्चायत कालमा उप–प्रधानपञ्च भएको र बहुदलीय व्यवस्थामा आएपछि एमालेमा लागेर देउराली गा.वि.स.को अध्येक्ष भएको हर्षसिंह पनि त्यहाँ पुग्यो । दौलतसिंह उसलाई ‘मामा’ भन्थ्यो । उसले भनेको कुरा हर्षसिंह पनि अक्षरस पालना गथ्र्यो । दौलत सिंहको मामा बखतबहादुरले हर्ष सिंहसित मीत लगाएर आप्mनो पक्षमा भोट ल्याउने गथ्र्यो र ऊ दुईपटक देउराली गाउँको प्रधानपञ्च बनेको थियो । दौलतसिंह, हर्षसिंह र बखतबहादुर बस्नेतले त्यस गाउँका ठूलाठालू बनेर हैकम चलाएका थिए । यिनीहरुका अगाडि कसैका केही लाग्दैनथ्यो । यतिखेर दौलतसिंहले भुइँमा पिच्च थुक्दै ‘पेट बोकेकी रैछ । हाडनातामा सल्केकी रैछ क्यार अनि झुण्डिएर मरी’ भन्यो । उसका सामू त्यहाँ कसैले केही बोल्न सकेनन् र तिनै जालीझेली र फटाहाहरुले नै पुलिसलाई जाहेर गरी झुण्डिएर मरेकी भनी मुचुल्का गराए । निरीह कामीहरुले लासको पोष्टमार्टम गर्न पनि सकेनन् र अन्त्यमा विवश भएर सुन्तलीको लास जलाए । यो कस्तो विडम्बना हो ? दलितले छोएको पानी समेत नचल्ने तर लुकीछिपी बलात्कार गर्न भने अछुत भनिएकाहरुका छोरी बुहारी पनि बाँकी नराख्ने । यही नै शोषण र उत्पीडनको पराकाष्टा होइन र ?
यौन पिपासु दौलतसिंहजस्ता शोषकहरुले हर्केबुढाकी नातिनी सुन्तलीजस्ता युवतीहरुलाई बलात्कार गरी आत्महत्या गर्न विवश तुल्याए पनि दौलतसिंह क्रान्तिकारीका पञ्जाबाट भने उम्कन सक्दैन । त्यसबेलाको रुढीवादी संस्कार अनुसार छोइछिटो हाल्नु पर्ने कामीका छोरी बुहारी समेत बाँकी नराख्ने बलात्कारी दौलतसिंह शोषकहरुको प्रतिनिधि पात्र हो । अन्त्यमा क्रान्तिकारीहरुले सुन्तलीकै दाहसंस्कार गरेकै ठाउँमा दौलतसिंहलाई उसले जीवनभरि गरेका कुकृत्यको फल प्राप्ति गराउँछन् अथवा मार्छन् र कथा समाप्त हुन्छ । पाठकहरुले पनि आनन्दानुभूति गर्छन् र हर्केबुढाले शान्तिको सास फेर्छन् ।
‘‘पूर्णकान्त बाजे” नामक कथाले वीरबहादुर र पूर्णकान्त बाजेको भेट भएपछि सँच्चा क्रान्तिकारी व्यक्तित्व र आप्mनो स्वार्थ पूर्तिका लागि क्रान्तिकारी बनेर हिँड्ने प्रकाशजस्ता स्वार्थी व्यक्तिको कार्यगत रहस्योद्घाटन गरेको देखिन्छ । अर्को कुरा यो कथाले पूर्णकान्त बाजेजस्तो रकमी र शोषक सामन्तीको चरित्रलाई छर्लङ्ग पारिदिएको देखिन्छ भने क्रान्तिको नाममा अकुत सम्पति कमाएर सहरमा विशाल घर बनाइ बस्ने प्रकाशजस्ता क्रान्तिका कलङ्कहरुको साङ्केतिक विश्लेषण गरेको पनि पाइन्छ । सशस्त्र क्रान्तिको बाटो छोडेर क्रान्तिकारी पार्टी शान्तिपूर्ण राजनीतिको मैदानमा उत्रिएपछि वीरबहादुरजस्ता सँच्चा क्रान्तिकारीले पूर्णकान्त बाजेदेखि भयभीत भई भाग्नु पर्ने अवस्था र प्रकाशजस्ता कुटिल व्यक्तिहरुले शिर ठाडो बनाएर हिँड्न पाउनुले अप्रत्यक्ष रुपमा पार्टीका ठूलाबडा नेताहरुप्रति व्यङग्यको वाण हानेको कुरा बोध गर्न सकिन्छ ।
सर्वहारा वर्गको नेतृत्व गर्ने वरिष्ठ नेता भनाउँदाहरु शान्तिप्रक्रियामा आएपछि विलासी जीवन बिताउनेतिर फर्केको देख्दा र संशोधनवादमा अघि बढेको देख्दा वाक्क लागेर लेखिएको ‘‘कमरेड मुक्ति” नामक कथाले १० वर्षसम्म जनयुद्ध गरेर दीनहीनका मुक्तिको लागि मरिमेट्ने र प्रष्टवक्ता कमरेड मुक्तिप्रति अवसरवादी तथा स्वार्थलोलुप इच्छाराम, शान्तराम र राष्ट्रसेवक जस्ता व्यक्तिहरुले कमरेड मुक्तिसित वाकयुद्ध गर्न तम्सिए पनि भरिया र पसलेजस्ता व्यक्तिहरुले कमरेड मुक्तिको भनाइमा सहमति जनाउँछन् । यी दुईजना सम्पूर्ण सर्वहारा श्रमजीवी जनताका प्रतिनिधि पात्र हुन् । बरिष्ठ नेताहरुले दुई वर्षमा संविधान सभाबाट देशलाई संविधान दिन्छौ भनी संविधान सभाको निर्वाचन गराएर चार वर्षमा पनि संविधान दिन नसकी संविधान सभा विघटन भएकोमा लेखकले भारी चिन्ता प्रकट गरेका छन् । अतः यो कथालाई आजको समसामयिक र वाम राजनीतिको जल्दोबल्दो दस्तावेज पनि मान्न सकिन्छ ।
‘‘रिजालबाको रहर” नामक कथाले कमरेड चट्टानजस्तो सँच्चा क्रान्तिकारीलाई बेवास्ता गरी रिजालबाजस्तो अवसरवादीलाई क्रान्तिकारी पार्टीको जिल्ला समितिको सदस्य बनाइएकोमा खेद प्रकट गरिएको देखिन्छ । जनमुक्तिको लागि आजीवन क्रान्तिमा होमिएर शत्रुपक्षको गोली लागी एउटा हात गुमाएर भए पनि बाँच्न सफल भएको कमरेड चट्टानजस्ता व्यक्तिहरुको अवमूल्यन गर्दै वरिष्ठ नेता भनाउँदाहरुले पूर्व पञ्चे तथा पञ्चेका दासहरुलाई नै आधिकारिक व्यक्तित्व बनाउँदा पार्टीका सुभचिन्तक र सहयोगी कार्यकर्ताहरुलाई नराम्रो चोट पुगेको कुरा यो कथाले पुष्टि गरिदिएको छ ।
पञ्चेहरुको चाकडी र चाप्लुसी गर्ने रिजालबाले आफू र आफ्ना छोराहरुलाई मास्टरको जागिर हात पार्न सफल भएको र क्रान्तिकारी शान्ति प्रक्रियामा आउनुभन्दा पहिले क्रान्तिलाई दवाउनुपर्छ भन्नेहरुको मतियार बन्दै आएका उनले देशमा बहुदलीय व्यवस्था आउने बित्तिकै एउटा छोरालाई राप्रपा, अर्को छोरालाई कांग्रेस र बुहारीलाई एमाले बनाई आफ्नो धूर्तताको मीठो स्वाद चाखिसकेका थिए । उनैका छोराहरुको सुराकीको कारणले कमरेड चट्टानको दोजिया श्रीमतीलाई शत्रुपक्षबाट मारिएको थियो र दोहोरो भिडन्तमा परी मारेको भनी प्रचार गरिएको थियो । आज उही रिजालबा क्रान्तिकारी पार्टीको जिल्ला नेता बनेर धाकधक्कु लगाउन पछि परेका छैनन् । यो प्रसङ्गले आजको समसायिक वाम सिद्धान्तमाथि पनि खबरदारी गरेको देखिन्छ । जनताहरुले कस्तो सपना देखेर क्रान्तिकारी पार्टीलाई निर्वाचनमा पनि जिताई सरकार चलाउने हैसियतसम्म पुर्याएका थिए । आज त्यसको वर्खिलाप गर्दै क्रान्तिकारी पार्टीका वरिष्ठ नेताहरुको हालत कस्तो भइरहेको छ त भन्ने कुरा नै कमरेड चट्टानको जीवन दर्शनले पुष्टि गरिदिएको छ । अतः यस्तो विषम परिस्थितिको सिर्जनाले गर्दा नै क्रान्तिकारी पार्टीको यस्तो हालत भएको हो भन्ने कुरालाई नकार्न सकिँदैन ।
केशव पुडासैनी ‘विमल‘को ‘‘भत्केको घर” कथासङ्ग्रमा ‘‘ललिता” कथा पाँचौं स्थानमा पर्न आएको कथा हो । यो कथा अन्तयमा क्रान्तिसित जोडिन आइपुगेको भए तापनि यसलाई मूलत सामाजिक कथाका रुपमा राख्न सकिन्छ । यस कथाकी नायिका ललिता हो । यो अत्यन्त सोझी र आफ्ना नाता कुटुम्ब तथा चाउथे, धार्के बाहेक अन्य ठाउँमा नपुगेकी र दमिनीको कोखबाट जन्मिएकी अपठित नारीका रुपमा देखा परेकी छ । एक दिन उसको रमेशसित भेट हुन्छ । रमेश कामीको छोरो हो, क्रान्तिमा हिँडेको । ललिताको घरमा रमेश दुईजना छापामार केटी लिएर सेल्टर बस्न आएको हुन्छ । त्यस बखत रमेशले ललितालाई ‘‘क्रान्तिकारी पार्टीले भनेको राज्य सत्ता स्थापना भयो भने परम्परादेखि चल्दै आएको छुवाछुत प्रथाको अन्त्य हुनेछ । सबैले खान र लाउन पाउँछन् । धनी र गरिब समान हुन्छन् । राज्यमा कोही पनि सानो र ठूलो हुँदैन । अन्याय र अत्याचारको पनि समूल अन्त्य हुन्छ । राज्यका दृष्टिमा सबैजना बराबर हुन्छन् र जनताले आप्mनो अधिकार प्रप्त गर्दछन् ।” भने पछि ललिता पनि जनयुद्धमा होमिन्छे । त्यसपछि ऊ सामान्य रुपमा लेखपढ गर्न, बन्दुक चलाउन र बम पड्काउन जान्दछे । ऊ जनयुद्धको सिलसिलामा देशको धेरै ठाउँमा पुग्दछे ।
एकदिन रमेशले ‘‘मसित बिवाह गछ्र्यौ ?” भन्दा ललिता टाउको हल्लाएर ‘‘गर्दिनँ” भन्दछे । एवम् प्रकारले दिनहरु बित्दै जाँदा एक दिन ललिताको भेट आकाशसँग हुन्छ । ललिताको कमाण्डर भएको आकाशले ललितासँग प्रेम गर्न थाल्दछ र ललिताले पनि आकाशलाई स्विकार गर्दछे । क्षेत्रीको छोरो आकाशसँग बिहे गर्न ललिता मञ्जुर हुन्छे र एकदिन पार्टीको स्विकृतिमा आकाश र ललिताको बीचमा गन्दर्भ विहे हुन्छ । ललिता जतिपटक गर्भवती हुन्छे त्यति नै पटक आकाशले ललिताको गर्भ तुहाएर फालिदिन्छ । ललिताले धेरै पटक आकाश सामू अनुनय विनय गर्दै आमा बन्ने रहर प्रकट गर्दा ‘‘यो क्रान्तिको मुस्लोमा किन आमा बन्नु ?” भन्दछ । तर गर्भ पतन गराउँदा ललिता रुन्छे भने आकाश प्रत्येक पटक मुस्कुराउँन पुग्दछ । क्रान्तिकारी पार्टी शान्ति प्रक्रियामा आएपछि राज्यका तर्पmबाट योग्य र अयोग्य लडाकु छुट्याउँदा ललिता अयोग्य ठहरिन्छे र आकाश योग्य ठहरिएर ‘क्यान्टोन्मेन्ट’मा बस्न थाल्दछ भने ललिता निकालिन्छे । आकाश ललितालाई घरमा गएर बस्नु भन्दछ । यसपछि ललिता आकाशको घर बेलकोट गाउँमा आउछे । आकाशसित घरमा गएकी बेला ललिताले पटकपटक भात पकाएर खुवाएकी थिई । त्यही कुरा सम्झेर ऊ घरमा गएकी थिई । तर उसका सासु सुसुराले नचिनेजस्तो गर्छन् । ललिताले ‘‘म तपाईंहरुको बुहारी हुँ” भन्दा ‘‘तिम्रा बुहारी हुँ भन्दै जति पनि केटीहरु आउँछन्, ती सबै मेरा बुहारी हुन सक्छन् र ?” भन्ने जस्ता वाक्यहरु निकाल्दै ललितालाई बेसरी हकार्दछन् । उसले घरमा बास पाउँन्न । त्यहाँबाट फर्केर ऊ काठमाडौँको एउटा गार्मेन्टमाकाम गरेर आप्mनो जीविका चलाउन बाध्य हुन्छे । उता बिवाहको नाटक गरी पटक–पटक ललितामाथि यौन शोषण गर्ने आकाशले अर्को बिवाह गरेको कुरा पनि ललिताले थाहा पाउँछे । यसरी नै यो कथा समाप्त हुन्छ ।
यो कथा माइक्रो बस चढ्ने सबै यात्रुको अति नै कष्टप्रद रुपबाट अगाडि बढ्दै ललिताको एकालापमा शुरु भएर एकालापमा नै टुङ्गिन्छ । एकदिन ललिताको माइक्रो बसको यात्रामा रमेशसँग भेट भएपछि ललिताको एकालापसित यो कथा शुरु भएको देखिन्छ भने यो कथाले आकाशजस्ता यौन पिपासु व्यक्तिको चरित्रलाई पनि छर्लङ्ग पारिदिएको छ । क्रान्तिकारी पार्टीमा लाग्दैमासबै व्यक्ति इमान्दार र सक्षम हुन सक्दैनन् भन्ने कुराको प्रमाण हो यो कथा । यो कथाले पाठकलाई आकाशजस्ता यौन पिपासु व्यक्तिहरुले देशमा कस्तो कम्युनिष्ट व्यवस्था स्थापना गर्लान् भन्ने कुराको संसय प्रदान गरेको देखिन्छ । सामाजिक विषय वस्तुमा आधारित यो कथा पनि कथाकार केशव पुडासैनी ‘विमल’को अब्बल दर्जाको कथा हो ।
कथाकार केशव पुडासैनी ‘विमल’द्वारा लिखित ‘‘पूmलमानको सपना” नामक कथा ‘भत्केको घर’ कथा सङ्ग्रहको छैटौं स्थानमा पर्न आएको अत्यन्त मार्मिक र हृदय स्पर्शी कथा हो । यस कथाको प्रमुख पात्र पूmलमान तमाम क्रान्तिकारी नेपाली युवाहरुको प्रतिनिधि पात्र पनि हो । आज आएर उसका सपनाहरु डढ्दै जान थालेका छन् । यो कथामा वरिष्ठ नेताहरुको मोजमस्ती, विलासीपन, पदलोलुपता, अकुत सम्पति अर्जन आदिले गर्दा पूmलमानजस्ता पार्टीका होल्टाइमर क्रान्तिकारी युवाहरुको सपना बिपनामा परिणत हुन सकेको छैन । दश वर्षे जनयुद्धमा जीवन अर्पेर आएका तमाम उत्पीडित, दलित, असहाय र गरिब युवाहरु आप्mनो सपना एकपछि अर्को गर्दै डढ्न थालेको देखेर पूmलमान जस्तै अलमलमा परेर दिनपरदिन निराश हुँदै जान थालेको देखिन्छन् । सागरजस्ता केही शिक्षित युवाहरु हतोत्साही नभए पनि पूmलमान जस्ता युवाहरुलाई चित्त
बुझाउन सक्ने अवस्थामा छैनन् । यो कुरा क्रान्तिकारी राजनीतिको एउटा बिडम्बना बन्न पुगेको देखिन्छ ।
क्रान्तिकारी पार्टी बृहद् शान्ति सम्झौतामा जाँदा जनयुद्ध वा आन्दोलनलाई सशस्त्र द्वन्द्व भन्नु हुने थिएन । ठूला बडा नेता भनाउँदाहरुले सुखी जीवनको मीठो र सुन्दर सपनाहरु बाँड्दै विश्व सर्वहारा वर्गको मुक्तिका लागि भनेर कार्यकर्तालाई झुक्याउँदै आपूm र आप्mना सन्तानका ठूलाठूला पदमा पुगेर पदीय दुरुपयोग गर्दै सम्पति थुपार्न र मोजमज्जा गर्नका लागि पुँजीवादी, साम्रज्यवादी र विस्तारवादीहरुसित काँधमा काँध जोड्न पुगेर संशोधनवादतिर पुगेका रहेछन् भन्ने पूmलमानको भनाइ यथार्थ रुपमा प्रकट हुन थालेको देखिन्छ । यही कुरा नै यस कथाको प्रमुख विषय वस्तु हो । यो कथालाई समस्या प्रधान कथाका रुपमा पनि लिन सकिन्छ ।
केशव पुडासैनी ‘विमल’को ‘‘ऊ” नामक कथा भत्केको घर कथा सङ्ग्रहको सातौं स्थानमा पर्न आएको छ । उनको यो ‘‘ऊ” कथा उनका अन्य कथाहरुभन्दा फरक खालको छ । यसमा अन्तर मनको प्रेम कहानी झल्किएको देखिन्छ । यो कथा पनि ‘‘ललिता” जस्तै एकालापमा शुरु भएर एकालापमा नै समाप्त हुन्छ । यो कथामा कथाकारले कुनै पात्रको पनि नामाकरण गरेका छैनन् । यसमा ‘ऊ’ र ‘म’ जस्ता सर्वनामबाट पात्रको परिचय गराइएको छ । ‘ऊ’ पुरुष पात्र हो । उसले कुनै एउटी नवयौवना रमणीका हृदयको सिंहासनमा बास बस्न पुगेको देखिन्छ । यो कुरा ‘ऊ’ पात्रलाई थाहा हुँदैन । कथाको अन्त्यमा ‘ऊ’ पात्र पनि ‘म’ पात्र वा युवतीको डेरामा बस्न पुगेको देखिन्छ ।
यहाँ कुनै युवतीले आआफ्नो डेराको वर्णन गरेको र ‘ऊ’ पात्रलाई सर्वत खुवाएर मनमनै प्रेम गरेको तथा ‘ऊ’ पात्रलाई बाटासम्म लिन गएको कथावस्तु प्रस्तुत गरिएको छ । ‘ऊ’ पात्र क्रान्तिकारी पार्टीमा लागेर हिँडेको तर अविवाहित रहेको कुरा कथाको अध्ययनबाट प्रष्ट हुन आउँछ । युवती चाहिँ डेरामा बसेर जागिर धानिरहेको कथा नै यसको सवषयवस्तु हो । यस कथामा युवतीले आफू पार्टीमा लागेको भए यति धेरै पढेर जागिर खाना पाउन्नथेँ हुँला भन्ने प्रसङ्गको पनि झल्को दिएको छ ।
क्रान्तिमा लागेर घर–परिवार लथालिङ्ग भएको कथा हो ‘भत्केको घर’ कथा । यो कथा केशव पुडासैनी ‘विमल’को ‘भत्केको घर’ कथा सङ्ग्रहको आठौं क्रमसङ्ख्यामा पर्न आएको छ । यसमा च्याउतेको सहहयोगबाट ‘म’ पात्रको कथा बुनिएको छ । ‘म’ पात्र क्रान्तिकारी पार्टीमा लागेपछि क्रान्तिकारीको बाबु पनि क्रान्तिकारी नै हुन्छ भनेर दुस्मनहरुले स्यालले चल्ला टिपेभैंm गरी टिपेर लगी उसका बाबुलाई बेपत्ता पारिदिएका थिए । त्यसपछि खरले समेत छाउन नसकेको पानी चुहिएर भत्कन लागेको घर समालेर बसेकी ‘म’ पात्रकी आमाको पनि बिजोग भएको देखिन्छ । ‘म’ पात्र भने बेपत्ता पारिएका आप्mना बाबुको स्थितिलाई सार्वजनिक गर भन्दै कहिले रत्नपार्क त कहिले सिंहदरबार घेर्न जाँदा पुलिसको लाठी र बुट खाएर आन्दोलनमा होमिएको कुरा समझन पुग्दछ । एकदिन ‘म’ पात्र घर आएको बेला उसकी आमाले प्रत्यक्ष रुपले ‘‘तँ भन्दा दश वर्षपछि जनयुद्धमा लागेको च्याउतेले पाँच लाखको बिटो लिएर आयो । तेरो जीवनमा पार्टीले के कस्तो परिवर्तन ग¥यो खै ?” भन्छिन् । आमाको त्यो वाक्यले ‘म’ पात्रको मुटु छियाछिया हुन्छ र ऊ र्माहत बन्न पुग्दछ । तैपनि आपूmलाई समाल्दै ऊ ‘‘व्यक्तिगत रुपमा मलाई केही नदिए पनि देशलाई केही दिएर परिवर्तन गरेको छ । किन पीर गर्नु भएको आमा ? हाम्रै क्रान्तिले गर्दा देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो । धर्मनिरपेक्षता भयो । संघीय शासन व्यवस्था लागु भयो । जनताका छोराछोरीहरु राष्ट्रपति बन्न पाउने भए । राज्यसत्ताको सबै तहमा सबैजाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व हुने भयो । अरु कुरा त बिस्तारै होलन् नि अब” भन्दछ । तैपनि ऊ भित्रका ज्वारभाटा भने उर्लिरहेकै थिए । उसको आत्माले शान्ति पाएको थिएन । बाहिर झमझम वर्सिरहेको पानी चुहिएर ‘म’ पात्रको घरको ओछ्यान, अँगेनु र मझेरीभरि ताल जम्न पुग्यो । ‘म’ पात्रकी आमाले ‘‘के गर्छस् मोरा ! तेरो पार्टीले तल्लाघरे जेठो साहुको घरमा आगो नलगाइदिएको भए त्यही घरमा बसेर यो बर्खा कटाउन पाइन्थ्यो” भन्छिन् । तल्लाघरे जेठा साहुको परिवार काठमाडौँमा घर बनाएर बसेपछि त्यो घर खाली थियो । जेठासाहू वर्षको एकपटक कुलदेवताको पूजामा आउँदा त्यही ढुङ्गाले छाएको धौले घरमा बस्दथे । उनका दुई छोराहरु मध्य एउटा छोरो प्रेमनाथ सिडिओ भएको र अर्को चाहिँ पुलिसको गुप्तचर शाखामा काम गर्ने कुरा पनि यस कथामा झल्काइएको छ । आप्mनो घरमा बस्ने अवस्था नभएपछि ‘म’ पात्रका र उसकी आमा च्याउतेको घरमा शरण लिन पुग्छन् । रातभरि पानी दर्किरहन्छ । ‘म’ पात्र र उसकी आमालाई रातभरि निद्रा लाग्दैन । ‘म’ पात्र बिहान सबेरै उठेर आप्mनो घर हेर्न पुग्छ । डाँडाभाटा भाँचिएर छपक्क बसेको र भत्कन लागेको घर धुरी हेरेर ‘म’ पात्र धेरै बेरसम्म टोलाइरहन्छ । यतिकैमा कथा समाप्त हुन्छ ।
‘भत्केको घर’ कथाले तत्कालीन जनयुद्धमा होमिएका धेरैभन्दा धेरै क्रान्तिकारीहरुको प्रतिनिधित्व गर्दछ । यसकथामा वर्णित ‘म’ पात्रका घर परिवारको कन्तविजोग भएजस्तै गरी धेरै क्रान्तिकारी युवाहरुको घर परिवारको कन्तविजोग भएको कुरालाई प्रतिकात्मक रुपले पुष्टि गरिदिएको देखिन्छ । ‘म’ पात्रले क्रान्तिमा लागेर च्याउतेले भन्दा धेरै रगत पसिना बगाए पनि च्याउतेले क्यान्टोन्मेन्टमा बसेर रकम हात पार्यो भने ‘म’ पात्रले पार्टीको आदेश अनुसार भोट माग्न गाउँ डुल्नु पर्दा केही पाएन र उसको घर झनझन पाताल बन्न पुग्यो । यही कुरा नै यस कथाको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यो कथा लेखककै आत्मकथा हो र सबैभन्दा अब्बल दर्जाको कथा पनि हो । यो कथाले ‘भत्केको घर’ कथा सङ्ग्रहभित्रका सबै कथाहरुको प्रतिनिधित्व गरेको देखिन्छ र यही कथाले नै पुस्तककै नामाकरण हुने शुभअवसर पनि प्राप्त गरेको छ ।
‘भत्केको घर’ भन्नाले प्रतिकात्मक अर्थमा सम्पूर्ण नेपालीहरुको घर नेपाल भत्कन लागेको अवस्थामा पुगेको र ‘म’ पात्रको बुढी आमा नेपाल आमाहरु तथा ‘म’ पात्र सम्पूर्ण नेपालीहरुको प्रतीकका रुपमा पनि लिन सकिन्छ । यो मार्मिक कुरालाई केशव पुडासैनी ‘विमल’को विशेषता पनि मान्न सकिन्छ ।
‘अत्तित्व बोध’ ‘‘भत्केको घर” कथा सङ्ग्रहको नवौं श्रृङ्खलामा पर्न आएको कथा हो । यो कथा केशव पुडासैनी ‘विमल’का अन्य कथाहरु भन्दा नितान्त फरक विषयवस्तुमा लेखिएको र बेग्लै विशेषता बोकेर पाठक सामु आएको छ । यस कथामा ‘म’ पात्रले दक्षिणी भारतको केरला क्षेत्रको यात्राका क्रममा अनुभूति गरेका विविध कुरालाई नै प्रस्तुत गरिएका छन् । यो कथामा कतै पनि राजनीति र क्रान्तिको गन्ध आउँदैन । अर्को वाक्यमा भन्ने हो भने यो कथालाई ‘यात्रा कथा’को रुपमा पनि लिन सकिन्छ । यो कथामा ‘मा’ पात्रले बनाएका दुई जना मित्रहरु छन् । ती दुई जना मित्रहरुको नाम हो आर. के. नायर र अर्की महिला मित्रको नाम हो कविता सुब्रहमण्यम । ‘म’ पात्रलाई आर.के. नायरको छोराको जन्म दिवसमा सहभागी हुन केरलाको कोट्यामसम्म पुग्नु थियो ।
रेलमा सँगै बसेकी कविता सुब्रहमण्यम पनि कोट्याम पुग्ने भएकीले सहयोगीको खाँचो परेर ‘म’ले कवितालाई साथी बनाउँछ । कथामा ‘म’ पात्रले कवितालाई ‘‘तपाईंलाई नेपाल थाहा छ ?” भन्दा कविताले ‘‘नक्सामा ता नेपाल देखेकी छु” भन्ने भाव व्यक्त गरेपछि ‘म’ पात्रले ‘म नेपाली हुँ भन्दा कविता अनभिज्ञ जस्तै भएर बसेकी थिई । त्यसपछि ‘म’ पात्रले ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमै पर्छ” भन्छ । उसको यी वाक्यले पनि कवितालाई नेपाल चिनाउन सकेन । त्यसले गर्दा ‘म’ पात्रको मन खिन्न भयो । उसलाई चित्त बुझेन र उसले फेरि ‘गोर्खाली थाहा छ त ?” भनेर सोध्छ । यसपछि कविताले चनाखो भएर ‘‘थाहा छ । हाम्रो घर नजिकै दुई जना गोर्खालीहरु दरवानाको काम गर्छन्” भनी । ‘म’ पात्रलाई भने यसले भित्रभित्रै दुखित बनाउछ । एउटा छिमेकी देशको नागरिकले नेपाल र नेपाली नचिन्ने तर गोर्खा र गोर्खालीलाई चाहिँ चिन्ने । यो कस्तो बिडम्बना हो भन्ने ठानेर ‘म’ पात्रले ‘‘भारतले जहिले पनि नेपाललाई आप्mनो उपनिवेशको रुपमा हेर्ने गर्छ । यो रोग भारतलाई बृटिसले उपनिवेश बनाउँदादेखि नै सल्केको हो” भन्छ । उसको त्यो वाक्यले कविताको स्वाभिमानमा आँच पुगे छ क्यार ! त्यसैले होला कविता निकै बेर मौन भएर बस्छे । त्यति खेर ‘म’ पात्रलाई नरमाइलो अनुभव हुन्छ र भन्छ ‘‘भारतीय जनताहरु र नेपाली जनताहरु एक अर्कालाई साथीभाइको नाताले हेर्छन् । यो मित्रता सदियौंदेखिको पुरानो हो ।” ‘म’ पात्रको यस्तो कुरा सुनेपछि कविता कविता प्रसन्न भई र मीठा मीठा कुरा गर्दै दुवै जना कोट्याम पुग्छन् । कविताको मद्दतमा ‘म’ पात्र कोट्यामको मेडिकल कलेजमा विहानको सात बज्नै लाग्दा पुग्छ । त्यही ‘म’ पात्रको आर.के. नायरसँग भेट हुन्छ । कविता आफ्नो बाटो लाग्छे, ‘म’ पात्र आर.के. नायरसँगै जान्छ । यसरी कथाको समाप्ती हुन्छ ।
स्वदेशमा भन्दा विदेशमा रहँदा आफ्नो देशको अस्तित्व कतिसम्म मूल्यवान हुँदोरहेछ भन्ने कुराको महत्वमाथि प्रकाश पारेरको देखिन्छ ‘अस्तित्व बोध’ कथामा । कथावस्तु र शैलीका हिसावले ‘अस्तित्व बोध’ कथाको शीर्षक सार्थक देखिन्छ ।
‘‘भत्केको घर” कथा सङ्ग्रहमा सङ्कलित र दशौं श्रृङ्खलामा पर्न आएको कथा हो ‘सोमे बहुन’ नामक कथा । यो कथा माओवादी पार्टीमा लागेर क्रान्तिका हितका खातिर भनेर घरबार स्वाहा पार्दै सुकुम्बासी बन्न पुगेको सोमराज शर्माको करुण कहानी हो । कथाकार केशव पुडासैनी ‘विमल’का प्रत्येक कथाहरु यथार्थवादी धरातलमा उभिएर लेखिएका हुन्छन् । यो कथा पनि त्यस्तै यथार्थवादी कथा हो । यस कथाको प्रमुख पात्र सोमराज शर्मालाई कवाडी सामान बटुलेर बेच्दै जीविका चलाउने व्यक्तिहरुले ‘सोमे बाहुन’ भनेर सम्बोधन गर्छन् । सोमे बाहुन गुराँसे गाउँमा जन्मिएको व्यकित हो । सोमेका बाबुआमा, उसकी दिदी र ऊ समेत गरी उसका घर–परिवारमा चारजना रहेका थिए । उसको खेतीपातीबाट आएको अन्नले एक वर्ष पनि खान पुग्दैनथ्यो । उनीहरुले गाई–भैंसी लगायत बाख्रा–पाठाहरु पनि पालेका थिए । बाख्रा–पाठाहरु बेचेर कमाएको रुपियाँ–पैसाले सोमे बाहुनले द्यौराली मा.जि.बाट सात कक्षासम्म पढेको थियो ।
सोमे बाहुनका बाबुले कृषि विकास बै.कबाट घरबारी धितो राखी ऋण लिएर उन्न्त जातका बाख्रा–पाठाहरु पनि पालेका थिए । यत्तिकैमा देशमा माओवादी जनयुद्ध शुरु भयो । उसको घरमा माओवादीहरु आएर बस्ने–खाने गर्न थाले । माओवादीका मीठामीठा कुराले गर्दा उसको परिवारलाई माओवादी पार्टी गरिबको हित गर्ने पार्टी हो जस्तो लाग्यो । माओवादीहरुकै अनुरोधमा सोमे बाहुनको बाबु माओवादी पार्टीको किसान संगठनमा र दिदी महिला संगठनमा आवद्ध हुन पुगे । केही समयपछि माओवादी पार्टीले गाउँहरुमा जनसरकार गठन गर्न थाल्यो । माओवादी पार्टीले सोमे बाहुनको बाबुलाई गुराँसे गाउँको जनसरकार प्रमुख बनायो । त्यसपछि सोमे बाहुनको बाबु होल्टाइमर भएर जनयुद्धमा सहभागी भयो । नेता–कार्यकर्तालाई सर्वहाराकरण गर्ने भन्ने फर्मान माओवादी पार्टीले जारी गरेपछि सोमे बाहुनको बाबुले खेत बेचेर पैसा पार्टीलाई बुझायो । देशमा संकटकाल लागु गरेर सरकारले माओवादी पार्टीलाई आतंककारी पार्टी भन्दै दमन गर्न थाल्यो । शाही सेनाले माओवादीहरु खेजीखोजी मार्न थाल्यो । एक दिन शाही सेना सोमे बहुनको घरमा आएर उसकी दिदीलाई बलत्कार गर्दै आमालाई कुटपिट गरेर जान्छन् । त्यसबखत मामाघर कटुसे गाउँमा गएको सोमे बाहुन घरमा आउँदा दिदी र आमाको हालत देखेर मर्माहत हुन्छ । पछि माओवादी पार्टीको आग्रह र आप्mने विवशताले गर्दा सोमे बाहुन र उसकी दिदी होल्टाइमर भएर जनयुद्धमा सहभागी हुन्छन् । जनयुद्धकै दौरानमा सोमे बाहुनको बाबु शाही सेनाबाट मारिन्छन् । सोमे बाहुनकी आमालाई पनि शाही सेनाले पटकपटक यातना दिइनै रहन्छ ।
मओवादी पार्टीले सोमे बाहुनलाई कलाकार टोलीमा र उसकी दिदीलाई जनसेनामा भर्ना गर्छ । उता सोमेको घरमा पुलिस र शाही सेनाको चुटाइले सोमेको आमाको मानसिक सन्तुलन बिग्रन पुग्दछ र उसकी आमा घर छोडेर हिँड्छिन् । त्यसपछि सोमेको घरका गाई–भैंसी र बाख्राहरु खाने कुरा नपाएर किलोको किलै परेर मर्छन् । कृषि विकास बैंकले सोमेको घर–जग्गा लिलाम गर्छ । उसको घर–जग्गा माओवादी पार्टीले जनकारवाही गरेको चतुरे राइले किन्छ । सोमे बाहुनकी दिदीको कम्पनी पूर्वी मोर्चातिर हिँड्छ । यतिकैमा माओवादी पार्टी शान्ति प्रक्रियामा सहभागी हुन आइपुग्छ । माओवादी सेनाहरुलाई क्यान्टोनमेन्टमा राखिन्छ ।
सरकार र माओवादी पार्टीकोबीचमा बृहद् शान्ति सम्झौता भएपछि देशमा संविधान सभाको निर्वाचनको माहोल बन्छ । सोमे बाहुनलाई पार्टीले भोटमाग्न गाउँ पठाउँछ । सोमे बाहुनकी दिदीको अत्तोपत्तो हुँदैन । देशमा संविधान सभाको निर्वाचन हुन्छ । माओवादी पार्टी देशकै सबैभन्दा ठूलो पार्टी बन्छ र माओवादी पार्टीकै नेतृत्वमा देशमा सरकार बन्छ । माओवादी पार्टी सरकारमा गएपछि जनयुद्धको दौरानमा कब्जा गरेका सम्पति संबन्धित व्यक्तिलाई नै फिर्ता गर्ने निर्णय गर्छ । हिजोसम्म माओवादी पार्टीको बिरोध गर्ने व्यक्तिहरुसँग माओवादी उच्च नेताहरुको हिमचिम बढ्दै जान्छ । जनयुद्ध दबाउन उद्दत रहेका व्यक्तिहरुलाई ठूलाठूला पदमा माओवादी पार्टीका नेताहरुले नै पु¥उछन् । सोमे बाहुनको खाने बस्ने कुनै ठाउँ हुँदैन । जागिरको खाजैमा ऊ नेताहरुको दैलोदैलो चाहर्छ । भोकभोकै काठमाडौँको गल्लीमा निकै रात बिताउँछ । त्यसपछिद ऊ कवाडी सामान बटुलेर बेच्नेहरुको संगतमा पुग्छ र यही पेशा गरेर जीविका चलाउँदछ ।
यो कथा कलंकीको फुटपाथे चिया दोकानमा चिया खाँदै गर्दा ‘म’ पात्र र सोमे बाहुनको बीचमा भएको संवाद हो । यो कथा चिया दोकानमै शुरुभएर चिया दोकानमै समाप्त हुन्छ । यस कथाको सोमे बाहुन एउटा प्रतिनिधि पात्र हो । माओवादी जनयुद्धमा होमिएका कयौं सोमे बाहुनहरुको हालतलाई सोमे बाहुन र उसको पारिवारिका अवस्था मार्पmत अभिव्यक्त गरिएको छ । जनयुद्धमा होमिएका सोमे बाहुन र तिनका परिवारले केही नपाएरको र जनयुद्धका उच्च नेतृत्व तहमा भएकाहरुले मात्रै सुखपूर्ण जीवन प्राप्त गरेको कुरालाई कथाकारले यस कथा मार्पmत अभिव्यक्त गरेका छन् ।
‘कमेरे गाउँ” नामक कथामा कथाकार केशव पुडासैनी ‘विमल’ ले ठूला गाउँको पनि चर्चा गर्न पुगेका छन् । यो ‘‘भत्केको घर” कथा सङ्ग्रहमा सङ्कलित एघारौं श्रृङ्खलामा पर्न आएको कथा हो । यो कथा पनि ‘विमल’का अन्य कारुणिक कथाहरु जस्तै प्रबल कारुणिक भावधारामा लेखिएको छ । यो कथामा एउटा गाउँको मानिसले अर्को गाउँको मानिसलाई अति नै शोषण गरी घरबार बिहिन गराइएको देखिन्छ । ठूला गाउँका टाठाबाठा र शोषकहरु राणाकालदेखि पञ्चायतकाल हुँदै शोषित र पीडित बन्दै आएका कमेरे गाउँका मानिसहरुमाथि वि.सं. २०४६ सालको जनआन्दोलनले ल्याएको बहुदलीय प्रजातन्त्र भनिएको व्यवस्थामा पनि ठूला गाउँका मानिसहरु कांग्रेसमय भई गा.वि.स.को अध्यक्ष र उपाध्यक्ष बन्दै आए, तर कमेरे गाउँका सिधासादा किसानहरु भने आजसम्म पनि शोषित–पीडित भएर बाँच विवश हुनुप¥यो र परिरहेछ ।
पहिले ठूलागाउँका मानिसहरु पनि कमेरे गाउँमै बस्दथे । बिस्तार–बिस्तारै त्यो गाउँमा थोेरै शोषक–सामन्त र छलीकपटीहरु धनीमानी र सम्पन्न हुँदैगए । तिनै सम्पन्न मानिसहरुले कमेरे गाउँको पुछारको समथर र उर्वरा जमिन हात पारेर कोही टायल, कोही भिंmगटी र कोही जस्तापातले धुरी भएको घर बनाएर बस्न थाले । यसरी बसालेको बस्तीलाई उनीहरुले ठूलागाउँ नामाकरण गरे । राणाकालदेखि नै जिम्मावाली र मुखियाको पद सम्हाल्दै आएका ती शोषकहरु ठूलागाउँ बनाएर बसे पनि पञ्चायतीकालमा पनि तिनै शोषक सामन्तहरु मध्यबाटै पञ्चायतको प्रधानपञ्च र उप–प्रधानपञ्च बने र कमेरे गाउँका जनताहरुमाथि शोषण र उत्पीडन गरिनै रहे ।
कुनैबेला कमेरे गाउँका हर्ताकर्ता भनाउँदा शोषकहरु राममणी बाहुन, बखानसिंह तामाङ्ग, अष्टनारायण नेवार, ललित बहादुर गुरुङ्ग, मङ्गलमान कामी र हरिभक्त दमाईंहरुले ती कमेरे गाउँका मानिसहरुको लिखु फाँट विभिन्न प्रपञ्च रचेर हडपे । २०६२÷६३ को जनआन्दोलनले पनि उनीहरुको जीवनमा कुनै परिवर्तन ल्याएको देखिदैन । कमेरे गाउँका मानिसहरु सदियोंदेखि अहिलेसम्म पनि शोषित र पीडितकै अवस्थामा बाँच्न विवश रहेका देखिन्छन् ।
कुनैबेला कमेरे गाउँका हर्ताकर्ता भनाउँदा शोषकहरु राममणी बाहुन, बखानसिंह तामाङ्ग, अष्टनारायण नेवार, ललित बहादुर गुरुङ्ग, मङ्गलमान कामी र हरिभक्त दमाईंले ती कमेरे गाउँका मानिसहरुमाथि गर्दै आएका थिचोमिचो माओवादी जनयुद्धको समयमा केही मथ्थर भएको थियो । तर माओवादी जनयुद्धकै समयमा ठूलागाउाका बाठाटाठा मान्छेहरु पनि माओवादी पार्टीमा प्रवेश गरे । यसरी उनीहरु प्रवेश गरेपछि उनीहरुका घर–कोठा माओवादीका माथिल्लो स्तरका नेता–कार्यकार्ताका निम्ति गतिलोर सुविधायुक्त सेल्टर बन्यो । ठूलागाउँको चन्द्रकिशोर माओवादी पार्टीको हर्ताकर्ता नेता बन्न पुग्यो । माओवादी पार्टी शान्तिप्रक्रियामा आएपछि देशमा संविधान सभाको निर्वाचन हुने भयो । धेरैपढेलेखेको र त्यागी मान्छे भनेर चन्द्रकिशोरलाई माओवादी पार्टीले निर्वाचनमा उमेदवार बनायो । चन्द्रकिशोरले चुनाव जित्यो । चुनाव जितेपछि ऊ नै मन्त्री बन्यो । मन्त्री बनेपछि चन्द्रकिशोरले सरकारी सुरक्षा फौज लगाएर सुकुम्बासीका रुपमा बसेका कमेरे गाउँका मान्छेका घर–टहरामा एक दिन आगो लगाउँन पुग्छ र कमेरे गाउँका मान्छेलाई कमेरे गाउँबाट लखेट्ट । यसरी लखेटिएका मान्छेहरुको प्रतिनिधि पात्र हुन् गोकुलबाजे । यस कथामा यही कमेरे गाउँको दर्दनाक कथा पोखिएको छ । आजसम्म पनि यस्ता धेरै गोकुलबाजेहरु नेपालका गाउँ–शहरमा हात पसारेर माग्दै हिड्न विवश पारिएका छन् । गोकुलबाजे बाँच्नकै निम्ति काठमाण्डौं लगायत देशका ठूला शहरहरुमा माग्दै हिँडेका देखिन्छन् । यो कथा सम्पूर्ण गरिब किसान तथा सुकुम्बासीहरुको दर्दनाक कहानीको रुपमा लेखिएको यथार्थवादी कथा हो । केशव पुडासैनी ‘विमल’का अन्य कथाहरुजस्तै यो कथा पनि अब्बल दर्जाको कथामा पर्न आउँछ । अब कहिले र कुन व्यवस्थामा आउला र साँचो जनवादी सरकार ? यो कथाले एउटा प्रश्नचिह्न पनि खडा गरिदिएको छ ।
केशव पुडासैनी ‘विमल’द्वारा रचित ‘बलिवीरेले चुनाव जितेन’ नाम कथा पनि यथार्थवादी कथा हो । यो कथा ‘‘भत्केको घर” कथा सङ्ग्रहको बाह्रौं क्रमाङ्कमा पर्न आएको देखिन्छ । यही कथा नै यस कथा सङ्ग्रहको अन्तिम कथा हो । बलवीरेले योभन्दा अघिल्लो पटक सजिलैसित चुनाव जितेको थियो । उसले चुनाव जित्नुभन्दा पहिले आफ्ना छोराछोरीहरुलाई सरकारी स्कुलमा पढाएको थियो । चुनाव जितिसकेपछि उसले आप्mना छोरा छोरीहरुलाई सहरमा लगेर महँगो ‘बोर्डिङ् स्कुल’मा पढाउन थाल्यो । पैदल हिँड्नुको सट्टा, सार्वजनिक यातायातका साधन चढ्नुको सट्टा पजेरो जस्ता निजी कार किनेर चढ्न थाल्यो । उसले सहरमा ठूलो घर बनायो र उसका परिवारहरु त्यही घरमा बस्न थाल्यो । दोस्रो चुनाव नआएसम्म ऊ गाउँमा पनि फर्किएन । जिल्लाका अन्य ठाउँको त कुरै छोडौं उसले आप्mनै गाउँ जलवीरेमा समेत कत्ति पनि विकास निर्माणका काम गरेन । पाटी–पौवा, पुल–पलेसो, बाटो–घाटो र धारा–पँधेराजस्ता विकास निर्माणका काम नगरी मोजमस्तीमा रमायो । ऊ विकास निर्माणका लागि आएको रकम आधा आफूले खाएर आधा आफ्ना कार्यकर्ताहरुलाई पठाउँथ्यो । उसले उपभोग्ता समितिमा पनि आप्mनै साला, जेठान र इष्ट–मित्रहरुलाई राखेर गठन गर्दथ्यो ।
बलवीरे दोस्रो चुनावमा आफ्नो गाउँ फर्कियो । पहिलो चुनावमा उसका विरुद्ध पुरानो पार्टीको रत्नेकान्छो उठेको थियो । बलवीरेले भने पुरानो पार्टीलाई हराउनु पर्छ भनेर नाराहरु लगाउँदै जुलुस पनि निकालेको थियो । उसले आप्mना लठैतहरुलाई लगाएर रत्नेकान्छोलाई भक्कुमारसित चुटायो पनि । रत्नेकान्छो एक्लै हिँडेर भोट माग्न जान्थ्यो भने बलवीरे थुप्रै दलबलका साथमा सुटबुट लगाएर भोट माग्न जान्थ्यो ।
बलवीरेका कार्यकर्ताहरु खसी कुखुराको मासु–भात धोकेर वियर खाँदै भोट माग्न जान्थे भने रत्नेकान्छोका कार्यकर्ताहरु एकमुठी मकैसमेत नपाई भोकभोकै भोटमाग्न हिँडेका थिए । रत्नेकान्छोले आम सभा गर्दा श्रोताहरु मुस्किलले ६०/७० जना हुन्थे भने बलवीरेले आमसभा गर्दा ५००/६०० जना हुन्थे । जनताहरु बलवीरेले भोट माग्न जाँदा — ‘‘हुन्छ, अघिल्लो पटक पनि तपाईंलाई नै भोट दिएको हो यसपटक पनि तपाईंलाई नै दिन्छौँ, तपाईंले नै जित्नु हुन्छ” भन्थे । रत्नेकान्छो भोट माग्न जाँदा ‘‘तिमीले जितेउ भने राम्रो गर्नु” मात्र भन्थे । आखिर चुनाव पनि भयो । रत्नेकान्छोले चुनाव जित्यो । यता चुनाव हारेको बलवीरे भने रातभर निदाउँन सकेन । ऊ मनमनै मैले चुनाव हारेकै होइन । मलाईं धाँधली गरेर हराइएको हो भन्ने तर्कना गर्दथ्यो । जताबाट भोटको हिसाब किताब गर्दा पनि आपैंmले जित्नु पर्ने परिणाम निकाल्थ्यो । आप्mनो बिरोध गर्ने गाउँका बौद्धिक मानिसहरुलाई पनि उसले पालैपालो भकुमार कुट्न लगाएको थियो । त्यसैकारण आपूmले चुनाव हारेपछि बलवीरे गाउँको चोकसम्म पनि निस्कन नसक्ने भयो ।
यसरी कथाकार केशव पुडासैनी ‘विमल’ले आजको नेपालमा विद्यमान कुत्सित वाम राजनीतिको भण्डाफोर गर्दै ‘बलवीरेले चुनाव जितेन’ भन्ने शीर्षकमा कथाको निर्माण गरेका छन् । यो कथालाई वरिष्ठ राजनीतिज्ञहरुका लागि नेपालमा उद्योगको रुपमा फस्टाउँदै गएको राजनीतिक व्यङ्ग्यको दस्तावेजका रुपमा पनि लिन सकिन्छ ।
यस ‘भत्केको घर’ कथा सङ्ग्रहमा सङ्कलित सबै कथाहरुको शीर्षक सार्थक रहेको देखिन्छ र यी कथाहरुले आप्mना पाठकलाई एउटा न एउटा सन्देश पनि दिएका छन् । पुडासैनीका प्रत्येक कथाहरुमा केही न केही प्रकारले ‘म’ पात्रको उपस्थिति रहेको पाइन्छ । अतः यो ‘म’ पात्र मुख पात्र हो । ‘म’ पात्रले भनेका कुराहरु लेखकले नै भनेका हुन् । आपूmले धेरै बोल्नुभन्दा आप्mना कुराहरु कुनै न कुनै पात्र मार्फत प्रकास पारिएको भए अभैm नै राम्रो हुने थियो । जेहोस् यहाँ सङ्कलित प्रत्येक कथाहरु अत्यन्त राम्रा र पठनीय छन् । यसमा कुनै शङ्का छैन । यस्ता हृदयस्पर्शी कथा लेख्ने केशव पुडासैनी ‘विमल’को कलम कहिल्यै नथाकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मिति—२०८० । १२ । १०
सिरु ओडार, कामनपा— १६, बालाजु ब्यारेक अगाडि ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij