Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सात पत्रकार र एक उद्यमी पुरस्कृत  

सात पत्रकार र एक उद्यमी पुरस्कृत  


  • 5.2K
    Shares

    सात पत्रकार र एक उद्यमी पुरस्कृत  
    images

    तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक युवा उद्यमीलाई पुरस्कृत गरेको छ । त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक सञ्चारकर्मी सूर्य तामाङ, रामधन राई, चिसाङ शेर्पा, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई र युवा उद्यमी इन्द्र चाम्लिङलाई बुधबार जनही रु १५ हजार राशि सहित सम्मान गरेको हो ।     
         
    हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रर्दै निष्पक्ष पत्रकारिताले समृद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साप्ताहिक पत्रिकाले प्रत्येक वर्षको साउन ४ गते वार्षिकोत्सव मनाउँदै आएको थियो । यस वर्ष कोरोना भाइरसका जोखिमका कारण बुधबार वार्षिकोत्सव मनाइएको पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले जानकारी दिनुभयो ।     
         
    सो अवसरमा पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समिर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विद्यार्थी रुनिशा राई र तुवाचुङ मारतिका यातायात प्रालिलाई सम्मान गरिएको थियो । गत वर्ष पहिलो वार्षिकोत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागार्इँ, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराँते खेलाडी शेशुका राईलाई पुरस्कृत हुनुभएको थियो ।     
         
    हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई आधारभूमि बनाएको तुवाचुङ साप्ताहिक खबर उक्त साप्ताहिक पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ ।   रासस  

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १२:०३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij