Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुने    

महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुने    


  • 4.7K
    Shares

    महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुने    
    images


    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।     
         
    “कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासङ्घले एकढिक्का भएर काम गरेको छ”, उहाँले भन्नुभयो । यस्तै महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने ऋणको ब्याजदर तथा घरबहालको विषयमा देखिएका समस्या समाधानका लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।     
         
    विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २१ सङ्घको आबद्धता रहेको छ । महासङ्घको साधारणसभासँगै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासङ्घमा देशभरका १० हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध छन् । महासङ्घको नयाँ नेतृत्वका लागि बुधबारै उम्मेदवारी दर्तासमेत भइसकेको छ । महासङ्घको भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष माधव खरेल र महासचिव अञ्जन शाक्यले उम्मेदवारी दर्तासमेत गरिसक्नुभएको छ । वरिष्ठ उपाध्यक्ष कार्की नेपाल व्यापार सङ्घ, उपाध्यक्ष खरेल एकता व्यापार सङ्घ र महासचिव शाक्य रञ्जना व्यापार सङ्घका अध्यक्ष हुनुहुन्छ ।  रासस   
     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij