Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अन्नपूर्ण पोस्टमा कार्यरत २८ पत्रकारले दिए सामूहिक राजीनामा, यस्तो छ माग

अन्नपूर्ण पोस्टमा कार्यरत २८ पत्रकारले दिए सामूहिक राजीनामा, यस्तो छ माग


  • 8.3K
    Shares

    अन्नपूर्ण पोस्टमा कार्यरत २८ पत्रकारले दिए सामूहिक राजीनामा, यस्तो छ माग

    काठमाडौं । अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत पत्रकारले सामूहिक राजीनामा दिएका छन्। व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

    मंगलबार दिएको राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ । ‘दबाबपूर्ण अवकाश स्वरूप सामूहिक राजीनामा दिएको’ उल्लेख गरिएको राजीनामा पत्रमा श्रमजीवी पत्रकारसम्बन्धी ऐन अनुसार सेवा, सुविधा तथा न्यूनतम पारिश्रमिक दिनुपर्ने माग गरिएको छ।

    ‘कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी गत दसैंतिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा अमजीवी पत्रकारहरूलाई दिइनुपर्ने क्षतिपूर्ति, उपदान, सञ्‍चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकमलगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाब-किताब गरी भुक्तानीको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछौं,’ राजीनामा पत्रमा भनिएको छ।

    २०७८ बैशाख ३ गतेदेखि लागू हुनेगरी दिइएको राजीनामामा बैशाख ३ पछि पनि प्राप्त गर्नुपर्ने सेवा सुविधा, रोकिएको तलब भत्ता, सञ्चयकोष तथा उपदान तोकिएको समयमा भुक्तानी नगरे उक्त समयावधिको तलब भत्ता नियमानुसार दिन माग गरिएको छ ।

    annapurna-post-rajinama-1.jpg

    annapurna-post-rajinama-2.jpg

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij