Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

होटलमा आगलागी : पाँच लाख क्षति    

होटलमा आगलागी : पाँच लाख क्षति    


  • 5.3K
    Shares

    होटलमा आगलागी :  पाँच लाख क्षति    

    भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनुभयो ।     
         
    राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     रासस
     
       

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:३९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij