२०८२ चैत्र १ गते आइतवार
दैलेख । दैलेखको आठबीस नगरपालिका–३ मा चार छोराछोरीसहित आत्महत्या गर्ने ३५ वर्षीया सुकी बडुवालको पेटमा चार महिनाको गर्भ रहेको खुलेको छ ।
सुकीले गएको २३ फागुनमा चार छोराछोरीसहित कर्णाली नदीमा फाल हानेकी थिइन् । उनीहरु सबैको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। पोष्टमार्टम रिपोर्टले सुकीको पेटमा चार महिनाको गर्भसमेत देखिएको प्रहरीले जनाएको छ ।
दैलेख जिल्ला अस्पतालमा मृतक सबैको पोस्टमार्टम गरिएको थियो । जिल्ला अस्पताल अछामका प्रमुख डा.अतुल भारद्वाजका अनुसार सुकीको पेटमा चार महिनाको गर्भ थियो ।
गरिबी र पतिसँगको विवादको कारण सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय छोरा ललितसँगै कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
गर्भपतन गर्ने विषयमा सुकीको पति मानसिंहसँग विवाद हुँदै आएको स्थानीयले बताएका छन् । मानसिंहले सुकी परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij