Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

चुक्तापुँजी ४ अर्ब पुर्याउन सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्दै, कति पुग्छ मूल्य ?

चुक्तापुँजी ४ अर्ब पुर्याउन सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्दै, कति पुग्छ मूल्य ?


  • 7.6K
    Shares

    चुक्तापुँजी ४ अर्ब पुर्याउन सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्दै, कति पुग्छ मूल्य ?

    काठमाडौं । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।

    कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि,८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो ।

    पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको कम्पनीले आईपीओको प्रति कित्ता सेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ । कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम सेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ ।

    सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ ।

    कम्पनीको आईपीओ जारी गर्ने क्यापिटल मर्चेटनको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने,सह व्यवस्थापकमा एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

    बुधबार एक समारोहका बीच सेयर जारी गर्ने कम्पनी सर्वोत्तम सिमेन्ट र इस्यु म्यानेन्जर क्यापिटल बैँकबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

    लाख कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको छ भने ६० लाख कित्ता सेयर जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी कुल ४ अर्ब रुपैयाँ पुग्नेछ ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १४:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij