Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ

आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ


  • 5.3K
    Shares

    आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो ।

    मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका महमद कासिम मन्सुरी र अर्का एकजना छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यान्ह पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने– ‘हत्याबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।’

    आशिष ड्रग एडिक्ट थिए । शनिवार कासिम मन्सुरीको वर्कशपमा उनि गाँजा खान गएका थिए । गाँजा खाँदा सामान्य भनाभन हुँदा भुपेन्द्र कुमारलाई उनले झापड हाने ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - ११:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij