२०८२ चैत्र १ गते आइतवार
कञ्चनपुर । कञ्चनपुरमा वीङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियामा म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ७७ वर्षीय मन्दिरादेवी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट धनगढी आउँदै गरेको वीङ्गरको पछाडिको बाँयातर्फको टायर पड्किएर दुर्घटना हुँदा अन्य ६ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको कर्ममा मृत्यु भएको हो । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij