Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

शनिबार र आइतबार वाग्मतीसहित यी प्रदेशमा हुनेछ यस्तो वर्षा

शनिबार र आइतबार वाग्मतीसहित यी प्रदेशमा हुनेछ यस्तो वर्षा


  • 13.1K
    Shares

    शनिबार र आइतबार वाग्मतीसहित यी प्रदेशमा हुनेछ यस्तो वर्षा
    images

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय हुँदा शनिबार र आइतबार देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार र आइतबार नेपालको धेरै स्थानमा बदली हुनेछ ।  

    “पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ, “कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।” 

    आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मधेस प्रदेशका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    शनिबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । विभागका अनुसार आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । 

    सोमबारबाट क्रमिक रूपमा मौसममा सुधार हुने विभागले जानकारी दिएको छ ।  

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - १६:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij