Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

धारिलो हतियार प्रहार गरि युवकको हत्या

धारिलो हतियार प्रहार गरि युवकको हत्या


  • 8.3K
    Shares

    धारिलो हतियार प्रहार गरि युवकको हत्या

    रोल्पा । रोल्पामा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार साँझ परिवर्तन गाउँपालिका-६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो ।

    जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार साँझ ८:१५ बजे अपरिचित ३ जना व्यक्तिले युवकको हत्या गरेका हुन् ।

    नयाँ घरको बार्दली बनाई बस्दै आएको घर जाँदै गरेका बेला गिरीको हत्या भएको हो । घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।

    रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो । बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए । हत्यामा संलग्न सबै फरार भएका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ ।

    'घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भैरहेको छ', प्रनाउ सुवेदीले भने । परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीकाअनुसार घटनाले परिवार, छिमेकी र गाउँले त्रसित बनेका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १०:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij