Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चीनले आफ्नो खोप लगाउनेलाई मात्र भीसा दिने

चीनले आफ्नो खोप लगाउनेलाई मात्र भीसा दिने


  • 6.3K
    Shares

    चीनले आफ्नो खोप लगाउनेलाई मात्र भीसा दिने

    काठमाडौँ । चीनले आफ्नो देशमा उत्पादित कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई मात्र भीसा दिने भएको छ । काठमाडौँस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै भीसाका लागि आवेदन दिदाँ नै चीनमा बनेको कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र समेत पेश गर्नुपर्ने नियम लागू गरेको जनाएको छ । 

    आवेदन र तिनका परिवारहरूले काम, व्यवसाय वा पर्यटकीय प्रयोजनले चीनको भ्रमण गर्नुपर्दा चीनमा बनेको खोप लगाएको प्रमाणपत्रबाहेक अन्य कागजात भने महामारी अघिकै आवश्यकता अनुसारको हुने भनेको छ । 

    भीसा दिनका लागि आवश्यक पूर्व शर्तमा अब औपचारिक रूपमै चीनमा बनेको खोप लगाउनुपर्ने व्यवस्था समावेश भएको छ ।

    यसका अतिरिक्त चीनले अत्यावश्यक मानवीय आवश्यकताका आधारमा दिइने भीसा सेवाको दायरालाई विस्तार समेत गरेको छ । चीनियाँ नागरिकका विदेशमा रहेका परिवार वा विदेशी नागरिकका चीनियाँ आफन्त वा श्रीमान्रश्रीमती, छोराछोरी र नजिकका नातेदार ९दाजुभाइ र दिदीबहिनी, हजुबारआमा वा नातिरनातिना० भेटघाट, पुनर्मिलन, दाहसंस्कार वा गम्भीर बिरामीहरूलाई भेट्नका लागि भीसा जारी गर्ने व्यवस्था गरिएको छ । 

    एशिया–प्रशान्त इकोनोमिक कोअपरेसनको वैधानिक ट्राभल कार्ड भएकाहरूले आमन्त्रण गर्ने निकायको आमन्त्रण पत्रसहित ‘एम’ भीसाका लागि आवेदन गर्न सक्नेछन् ।

    चीन भ्रमण गर्दा अझै पनि न्यूक्लीक एसिड परिक्षण र इमियुनोग्लोबुलिट एन्टीबडी परिक्षणको नेगेटीभ सर्टिफिकेट अनिवार्य र चीनमा प्रवेश गरिसकेपछि क्वारेन्टीन सम्बन्धी नियम पालना गर्नुपर्ने चिनियाँ दूतावासले उल्लेख गरेको छ । 

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १७:००:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij