२०८२ भाद्र २२ गते आइतवार
गित संगितको क्षेत्रमा बेला बेलामा बिबिध चर्चाहरु आइरहन्छ । अब छिट्टै बजारमा आउने तयारी गरिरहेको गित "दुना टपरी" अहिले देखि नै चर्चामा आइरहेको छ ।
मदन ढकाल र सुनिता बुढाको स्वर रहेको दुना टपरी टिएम म्यूजिक प्रोडक्सन युटुब च्यानलबाट यही शुक्रबार रिलिज हुने भएको छ ।
गोरखाको बिभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यस गितमा संगित तिर्थ खत्री र शब्द समिर घिमिरेको रहेको छ । जनयुद्धमा घटेका बिबिध कथाबस्तु संगै त्यतिबेलाका बिद्याथी जिबनका माया प्रेमलाई भिडियोमा उतारिएको गायक मदन ढकालले बताए ।
बिनोद भण्डारीद्वारा निर्देशित उक्त भिडियो अहिलेका व्यस्त छायाँकार नबराज उप्रेतीले खिचेका छन् भने स्वयं बिनोद भण्डारी,सारिका केसी, चर्चित रंग पत्रकार गोपिकृष्ण चापागाई र कामना ढकालले न्यायपूर्ण अभिनय गरेका छन् ।
उक्त भिडियो यही फागुन १८ गते बेलुकी ५ बजे सार्वजनिक गर्ने तयारी भइरहेको गायक मदन ढकालले जानकारी गराए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij