२०८२ माघ ७ गते बुधवार
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा एक पुरुषको शव भेटिएको छ। महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
उक्त शव भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्र बहादुर बिष्टको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। स्थानीय काली पुलमा अड्किएको अवस्थामा बिष्टको शव भेटिएको हो।
शव भेटिएपछि प्रहरीले नहरको पानी बन्द गरेर मुचुल्काको काम अघि बढाउने तयारी गरेको छ।। कञ्चनपुरका एसपी जोशी अहिले आफैँ घटनास्थलमा खटिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij