Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बैंकको आधार दर ८ प्रतिशत मुनिसम्म आयो, कर्जाको ब्याज पनि सस्तिँदै

बैंकको आधार दर ८ प्रतिशत मुनिसम्म आयो, कर्जाको ब्याज पनि सस्तिँदै


  • 19.1K
    Shares

    • images
    बैंकको आधार दर ८ प्रतिशत मुनिसम्म आयो, कर्जाको ब्याज पनि सस्तिँदै

    वाणिज्य बैंकले फागुनको लागि आधार दर सार्वजनिक गरेका छन्। यस्तो विवरण सार्वजनिक गरिसकेका १९ वटै बैंकको आधार दर घटेको छ।

    यससँगै बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा सीमित भएको हो। तीनबाहेक सबै वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। 

    राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशत छ। कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर सबैभन्दा धेरै १०.३१ प्रतिशत छ। बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेका छन्।

    केही महिना अघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ। कर्जाको ब्याजदर घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने कर्जामा खासै वृद्धि हुन सकिरहेको छैन।

    बैंक फागुनका लागि  आधार दर माघका लागि  आधार दर
    सानिमा बैंक ९.२७ ९.४४
    नेपाल एसबिआई ९.३६ ९.६६
    कुमारी बैंक १०.३१ १०.५७
    ग्लोबल आइएमई बैंक ९.४ ९.६
    सिद्धार्थ  बैंक ९.२ ९.४१
    राष्ट्रिय वाणिज्य बैंक ७.९२ ८.२५
    नेपाल बैंक ८.५७ ८.८३
    एभरेष्ट बैंक ८.७१ ८.८७
    प्राइम कमर्सियल बैंक १०.३१ १०.४३
    एनआइसी एशिया बैंक ९.६७ १०.१
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  ९.१४ ९.४१
    लक्ष्मी सनराइज बैंक  ९.९९ १०.३५
    माछापुच्छ्रे बैंक  ९.६ ९.७८
    एनएमबी बैंक  ९.७ ९.९५
    प्रभु बैंक  ९.३ ९.४२
    नबिल  बैंक  ८.८६ ९.०७
    हिमालयन बैक १०.१३ १०.३१
    कृषि विकास बैंक ९.७२ ९.९३
    सिटिजन्स बैंक ९.६१ १०.१६

    प्रकाशित मिति :फाल्गुण १३ २०८० आइतवार - १५:१२:४१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij