Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

इन्द्रेणीबाट निकालिएका ५ कलाकार र कृष्ण कँडेलबीच सहमति, एक्लै परे शर्मिला

इन्द्रेणीबाट निकालिएका ५ कलाकार र कृष्ण कँडेलबीच सहमति, एक्लै परे शर्मिला


  • 2.8K
    Shares

    इन्द्रेणीबाट निकालिएका ५ कलाकार र कृष्ण कँडेलबीच सहमति, एक्लै परे शर्मिला
    images

    काठमाडौँ । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

    बिहीबार राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक-अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमति पत्रमा गरिएको छ । निकालिएका कलाकारहरूले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरूले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरूको भनाइ थियो ।

    इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरूले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । ऊनीहरूमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दाबी समेत गरेकी छन् ।

    यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानिको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरू कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् । अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८० शुक्रवार - १३:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij