Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो

राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो


  • 7.0K
    Shares

    राजधानीमै दिनदहाडै फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख यसरी चोरियो
    images

    स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा ६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा चोरी भएको हो  ।

    उनले विभिन्न बैंकबाट सो रकम निकालिएको थियो । डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।

    उता, काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना हिजो दिउँसो चोरी भएको प्रहरीले जनाएको छ  ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १२:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij