२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । ललिता निवास क्षेत्र एक साता भित्र खाली गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ।
बुधबार सूचना जारी गर्दै महानगरले विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकोले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूलाई उक्त क्षेत्र खाली गर्न भनेको हो।
तोकेको समय भित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij