Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यूनाइटेड अजोडको साधारणसभाले पारित गर्यो लाभांश, नयाँ संचालक नियुक्त

यूनाइटेड अजोडको साधारणसभाले पारित गर्यो लाभांश, नयाँ संचालक नियुक्त


  • 2.8K
    Shares

    यूनाइटेड अजोडको साधारणसभाले पारित गर्यो लाभांश, नयाँ संचालक नियुक्त

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ । मर्जर पछिको यो पहिलो साधारण सभा हो। 

    साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट २०८० साल जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रु १,९०,४५,६८,०००/-कायम भएको थियो । 

    सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्यो।

    तेस्तै सभाले आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक  जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । 

    कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००/- (अक्षरेपी उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार) र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४.७४ (अक्षरेपी एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको च्गा ।

    यसैगरी सभाले नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

    साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास  (प्रतिनिधि सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित गरेको छ । 

    साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको छ  ।

    कम्पनीले चालु आ.व २०८०/८१ को पौष मसान्त सम्ममा रु.१३० करोड ६४ लाख ७६ हजार बीमाशुल्क आर्जन गरी रु.१३ करोड १८ लाख ८७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ  ।

    तेस्तै चालु आ.व २०८०/८१ को पौष मसान्त सम्ममा कुल बीमालेख जारी संख्या १,०५,९३३  र कुल दाबी भुक्तानी संख्या ४६५४ तथा कुल दाबी भुक्तानीरु.८१,२८,१७,५३४।– गरेको छ ।

    यस बाहेक,बीमा सम्बन्धी प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति कम्पनी भित्रबाट नै तयार गर्ने दिर्घकालिन उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कर्मचारी तालिम तथा विकासमा विशेष प्राथमिकता दिई प्रधान कार्यालय अन्तर्गत व्यवस्थापन तह तथा सम्बन्धित विभागबाट प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यलयहरुमा भौतिक तथा विद्युतिय माध्यम (जुम)को उच्चतम प्रयोग गरी विभिन्न तालिम सेवा प्रदान गरी कर्मचारीहरुको दक्षता तथा क्षमता वृद्धि गर्ने कार्यलाई तीव्रता प्रदान गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०८० सोमवार - २१:४३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij