Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

२ लाख धरौटीमा छुटे १३ करोड हिनामिनाका अभियुक्त

२ लाख धरौटीमा छुटे १३ करोड हिनामिनाका अभियुक्त


  • 6.9K
    Shares

    २ लाख धरौटीमा छुटे १३ करोड हिनामिनाका अभियुक्त
    images

    काठमाडौं । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ ।

    विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

    ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।

     

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - ११:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij