Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

प्याराग्लाइडिङ दुर्घटनामा परी एक सैनिक जवानको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा परी एक सैनिक जवानको मृत्यु


  • 8.5K
    Shares

    प्याराग्लाइडिङ दुर्घटनामा परी एक सैनिक जवानको मृत्यु

    पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

    सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उहाँ सेनाको कालीजङ्ग गणमा कार्यरत रहनुभएको बताइन्छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।  रासस

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १०:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij