Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

यात्रु तानातान गर्ने बिचौलिया पक्राउ

यात्रु तानातान गर्ने बिचौलिया पक्राउ


  • 8.6K
    Shares

    यात्रु तानातान गर्ने बिचौलिया पक्राउ
    images

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।

    उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्याउने गरेको उहाँले बताउनुभयो ।

    यातायात व्यवसायीसँग अन्तक्र्रिया

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लाका यातायात व्यवसायीसँग अन्तक्र्रिया गरेको छ । सोमबार ट्राफिक व्यवस्थापनलगायतका विषयमा व्यवसायीसँग अन्तक्र्रिया गरेको हो ।

    सो अवसरमा नारायणगढको पुल्चोकस्थित ट्राफिक आइल्याण्डबाट नारायणी पुलसम्मको सडक दाँयाबाँया सवारी साधन रोक्न नदिने सहमति गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

     

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १०:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij