Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित

माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित


  • 2.7K
    Shares

    • images
    माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित
    images

    काठमाडौँ । मालदिभ्समाथि फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह विजेताका रुपमा एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

    मंगलबार भएको खेलमा नेपालले मालदिभ्सलाई २ सय १४ रनको विशाल जित निकालेको हो। नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको मालदिभ्स १३.५ ओभरमा १३ रनमै अलआउट भयो। मालदिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

    मालदिभ्सलाई सस्तैमा रोक्न अस्मिना कर्माचार्यले ४ विकेट लिइन्। उनले ४ ओभरमा मात्र ७ रन दिइन्। पूजा महतो र रुविना क्षेत्री बेलबासेले समान ३ विकेट लिए। पुजाले ३ ओभरमा २ रन दिइन्। रुविनाले ३.५ ओभरमा मात्र २ रन खर्चिइन्। 

    त्यसअघि मलेसियाको वांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो। नेपालले टी–२० आई मा बनाएको यो सर्वाधिक स्कोर हो। यसअघि २०२१ नोभेम्बरमा नेपालले कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो।

    पाँचौँ विकेटका लागि रुविना र पूजा महतोले १ सय ६६ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको थियो। नेपालबाट कुनै पनि विकेटका लागि भएको महिला टी२० आईको अहिलेसम्मकै उच्च साझेदारी हो। 

    रुविना १ सय १८ र पूजा ५९ रनमा नटआउट रहे। रुविनाले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन्। रुविनाले ५४ बलमा १० चौका र ३ छक्का मद्दतमा शतक पूरा गरिन्।

    नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा शतक हान्ने रुविना पहिलो खेलाडी हुन्। पूजाले ३६ बलमा ५ चौका र १ छक्का हानिन्। त्यसअघि ओपनर कविता कुँवर १३ रन बनाउँदै क्याच आउट भइन्। सीता राना मगर १५ रनमा क्याच आउट नै हुन पुगिन्। 

    कप्तान इन्दु वर्मा गोल्डेब डग आउट भइन्। डली भट्ट ६ रनमा पेभेलियन फर्किन्। मालदिभ्सका लागि सम्मा अलीले ३ विकेट लिइन्। नबा विन्तु नसिमको नाममा एक विकेट रह्यो।

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १४:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij