Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रहरीले समात्न खोज्दा मर्ने धम्की दिँदै रुखबाट हामफाल्न खोजे पछि...

प्रहरीले समात्न खोज्दा मर्ने धम्की दिँदै रुखबाट हामफाल्न खोजे पछि...


  • 5.3K
    Shares

    प्रहरीले समात्न खोज्दा मर्ने धम्की दिँदै रुखबाट हामफाल्न खोजे पछि...
    images

    काठमाडौं । आइतवार एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न खोज्दा निकै सास्ती खेप्नु परेको छ।

    जब प्रहरीले खोजी गरि अभियुक्तलाई देख्यो उनी प्रहरीबाट फुत्केर एउटा खोचमा पुगे । जब प्रहरीले पक्राउ गर्न नजिकै जान खोज्थ्यो उनले हामफालेर मर्ने धम्की दिन थाल्थे।

    केही समय अभियुक्त उनको प्रहरीसँग जुहारी नै चल्यो।

    सन्दर्भ हो, ३६ वर्षीय खन्ती भनिने सुकलाल वाइवा पक्राउको प्रकरण। वाइवालाई प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखान बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरेको अभियोगमा खोजी गरिहरेको थियो।

    आइतवार दिउँसो गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनीमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई पछ्याउँदै जाने क्रममा उनले गोकर्णको खोचसँगैको रुख चढे। त्यहीँबाट हाम फालेर मर्छु भन्दै धम्क्याउन थाले। उनलाई प्रहरीले पटकपटक तल उत्रिन आग्रह गर्‍यो। वाइवाले मानेनन्।

    हैरान बनाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंलाई समेत जानकारी दियो। त्यसपछि परिसरले डीएसपीको नेतृत्वमा विपद व्यवस्थापन टोली र आत्महत्या गर्न लागेका व्यक्तिलाई फर्काउन नेपाल प्रहरी अस्पताबाट मानसिक रोग विशेषज्ञ समेत गोकर्ण पठायो।

    डाक्टर आशिष दत्तले आमहत्याको विषयलाई लिएर उनलाई काउन्सिलिङ गरे। त्यसपछि भने वाइवा फर्कन मानेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापनको टोली भिरमा गएर उनको उद्दार गरेको थियो।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १६:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij