२०८२ माघ ७ गते बुधवार
बीमा प्राधिकरणले रिइन्स्योरेन्स कम्पनीहरूले २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिएसँगै हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद दिने भएको छ।
प्राधिकरणले हालै रिइन्स्योरेन्स कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ। कम्पनीले प्रकाशित गरेको साधारण सभा गर्ने सम्बन्धी सूचनामा यस्तो जानकारी दिइएको हो। कम्पनीले फागुन २० गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ।
कम्पनीले यसअघि ४ प्रतिशत बोनस सेयर प्रस्ताव समेत गरेको थियो। कम्पनीको सेयरमा फागुन ६ गतेसम्म लगानी गर्नेले बोनस सेयर पाउनेछ। कम्पनीको बोनस सेयर दिएपछि चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ पुग्नेछ। ८० प्रतिशत हकप्रद सेयर जारी गरेर कम्पनीले ८ अर्ब ३२ करोड थप जुटाउनेछ।
हकप्रदको लागि भने पछि बुक क्लोज मिति सार्वजनिक हुनेछ। हकप्रद र बोनस सहित कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड पुग्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij